चितुवाको हमलाले क्षेत्रवासी भयभित, पशुको मृत्यु
चितुवाको हमलाले क्षेत्रवासी भयभित, पशुको मृत्यु


अलिपुरद्वार, 06 अप्रेल (हि.स.)। जिल्लाको फालाकाटा ब्लक अन्तर्गत बंशीधरपुर गाउँ अहिलेघरि आतंकित बनेको छ। पहिलाबाटै हात्तीहरूको आतंकले सताइएका ग्रामीणहरूमाथि अब फेरि नयाँ जोखिम चितुवाको हमलाको रूपमा आइलागेको छ।

गए आइतवार अबेर राती गाउँका दुई वटा घरको ग्वालीमा चितुवाले हमला गरेको कारणले एउटा बाछा र एउटा बाख्राको मृत्यु भयो जसले गर्दा क्षेत्रमा भयको वातावरण छाएको छ।

स्थानीय मानिसहरू अनुसार बंशीधरपुर निवासी सञ्जय सरकार र परीक्षित दासको ग्वालीमा चितुवा पस्यो। सञ्जयका भाइ तपन सरकारले बताए, रात अचम्भको आवाज सुनेर उनीहरू टर्च बालेर बाहिर निक्ले जहाँ चितुवाले बाछालाई समातेर लैजाने प्रयास गरिरहेको थियो। मानिसहरू आएको थाहा पाउनसाथ चितुवा बाछालाई छोड़ेर भाग्यो, तर बाछा गम्भीर रूपमा घाइते भएको थियो जसको सोमवार मृत्यु भयो। परीक्षित दासको बाख्रालाई पनि चितुवाले माऱ्यो।

गाउँ नजिकै जलदापाड़ा पश्चिम रेञ्जको जंगल भएको कारणले आशंका व्यक्त गरिँदैछ, चितुवा त्यहीँबाट आवासीय क्षेत्रमा आएको हो। सूचना पाउनसाथ वन विभागको टीमले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। अधिकारीहरूले चितुवाको खुट्टाको छाप पनि पाएका छन्।

वन विभागले दुवै प्रभावित परिवारलाई सरकारी नियम अनुरूप क्षतिपूर्ति दिने आश्वासन दिएको छ जसको निम्ति आवश्यक फारम पनि उपलब्ध गराइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande