पवन खेड़ाविरूद्ध क्राइम ब्राञ्चमा मामिला दर्ता, रिनिकी भुइयाँ शर्माले आरोपहरूलाई बताइन् झुटो
पवन खेड़ाविरूद्ध क्राइम ब्राञ्चमा मामिला दर्ता, रिनिकी भुइयाँ शर्माले आरोपहरूलाई बताइन् झुटो


गुवाहाटी, 06 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाकी पत्नी रिनिकी भुइयाँ शर्माले कंग्रेस नेता पवन खेड़ामाथि क्राइम ब्राञ्चमा मामिला दर्ता गराएकी छन्। यो मामिला उनीमाथि लगाइएका कथित झुट आरोपहरूलाई लिएर दर्ता गरिएको हो।

रिनिकी भुइयाँ शर्माले भनिन्, उनीविरूद्ध लगाइएका सबै आरोपहरू पूर्ण रूपले निराधार र मनगढ़न्ते छन्। उनले भनिन्, यस मामिलामा दोषीहरूले कानून अन्तर्गत कड़ा सजाय पाउनुपर्छ।उनले अझ आरोप लगाइन्, मुख्यमन्त्रीविरूद्ध कुनै ठोस मुददा नभएको कारणले उनलाई “सफ्ट टार्गेट” बनाएर लक्षित गरिँदैछ।

उल्लेखनीय छ, रिनिकी भुइयाँ शर्मासित यूएई, मिश्र र एंटिगुआको नागरिकता एवं यूएस र खाड़ी मुलुकमा अवैध सम्पत्ति रहेको कंग्रेसद्वारा आरोप लगाइएको छ। यी आरोपहरूलाई उनले शिराबाटै खारेज गर्दै यसलाई एक सुनियोजित दुष्प्रचार बताएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande