रुपहीहाटमा भीड़को प्रहारले तीनजना डाँकाहरूको मृत्यु, क्षेत्रमा तनाउ व्याप्त
रुपहीहाटमा भीड़को प्रहारले तीनजना डाँकाहरूको मृत्यु, क्षेत्रमा तनाउ व्याप्त


नगाउँ (असम), 06 अप्रेल (हि.स.)। नगाउँ जिल्लान्तर्गत रूपहीहाटको नम्बर 1 काठपारा क्षेत्रमा गए आइतवार राती त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला स्थानीय मानिसहरूको कुटपिटले तीनजना संदिग्ध डाँकाहरूको मृत्यु भयो।

सोमवार प्राप्त जानकारी अनुसार लगभग 10–12 जना डाँकाहरूको एउटा समूह मुझ्जामेल नामक व्यक्तिको घरमा लुटपाट गर्नको लागि प्रवेश गरेको थियो। डाँकाहरूलाई देखेर परिवारका सदस्यहरू गुहार माग्दै चिच्याउन थाले जसले गर्दा वरपरका मानिसहरू घटनास्थलमा पुगे।

स्थानीय मानिसहरू आफूहरू तर्फ आइरहेको देखेर डाँकाहरूले भाग्ने प्रयास गरे, तर ग्रामीणहरूले पछ्याउँदै गएर तिनीहरूलाई समाते। त्यसपछि भीड़ले तिनीहरूमाथि कुटपिट गऱ्यो अनि पछि पुलिसलाई सुम्पिदियो।

पुलिसले घाइतेहरूलाई उपचारको निम्ति नगाउँ मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो जहाँ तीनजनाको मृत्यु भयो जसको पहिचान आंशिक रूपमा मात्र भएको छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ भने स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस सतर्क छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande