
बागपत, 06 अप्रेल (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लाको कोतवाली पुलिस र पशु कल्याण संघको टोलीले ईस्टर्न पेरिफेरल एक्सप्रेस-वे नजिकै 170 दुर्लभ सुगा उद्धार गरेको छ। तीन तस्कर पक्रा परेका छन् भने उनीहरूका दुई सहयोगी भागेका छन्।
पशु कल्याण अधिकारी गौरव गुप्ताले सुगा तस्करीको बारेमा जानकारी पाएको बताए। कोतवाली पुलिसलाई यस विषयमा जानकारी दिएपछि उनीहरूले तस्करहरूलाई रंगेहात पक्राउ गर्ने योजना बनाए। संयुक्त टोलीले कन्नौजको खुर्शीद, मोहसिन र राजा नाम गरेका तीन तस्करहरूलाई पक्राउ गरेको छ। फरार दुई सहयोगीहरू शमीम र सोहराबको अझै खोजी भइरहेको छ। अभियुक्तहरूले पुलिसलाई बताए कि सुगा राजस्थानबाट गाजियाबादको लोनीमा लगिँदै गर्दा उनीहरूलाई पक्राउ गरियो। तस्करहरूले निजी गाड़ी प्रयोग गरिरहेका थिए। अभियुक्तहरूलाई जेल पठाइएको छ र उनीहरूका फरार साथीहरूको खोजी भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी