ममता ब्यानर्जीको बयानलाई लिएर अमित मालवीयले निर्वाचन आयोगसित कारबाही गर्ने माग गरे
ममता ब्यानर्जीको बयानलाई लिएर अमित मालवीयले निर्वाचन आयोगसित कारबाही गर्ने माग गरे


कोलकाता, 06 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको एउटा बयानलाई लिएर उनीमाथि सुरक्षा बल विरोधी माहोल सृजना गरेको आरोप लगाएको छ। भाजपाको सूचना प्रौद्योगिकी प्रकोष्ठका प्रमुख अमित मालवीयले यस मुद्दामा निर्वाचन आयोगसित हस्तक्षेप गर्ने माग गरेका छन्।

अमित मालवीयले सोमवार साेशल मीडिया प्लेटफर्म एक्समा जारी आफ्नो सन्देशमा आरोप लगाए, मुख्यमन्त्रीको बयान सुरक्षा एजेन्सीहरूविरूद्घ हिंसालाई उक्साउने किसिमको छ। मुख्मन्त्रीले कथित रूपमा भनेकी छन्, यदि सुरक्षा एजेन्सीहरूलाई रोकियो भने सड़कहरू “सफा” गर्नु पर्नसक्छ। साथै सीमा सुरक्षा बल अनि भारत-तिब्बत सीमा पुलिसको उल्लेख गर्दै दाबी गरेकी छन्, महिलाहरूको जाँच गर्ने निर्देश दिइएको छ, यदि महिलाहरूलई छुयो भने उनले स्वयं यसको जवाफ दिनेछन्।

भाजपा नेताले यो पनि आरोप लगाए, मुख्यमन्त्रीले मानिसहरूलाई भनिन्-यदि उनीहरूलाई मतदान गर्नको लागि रोकियो भने उनीहरू अगाड़ि बढ़ुन् अनि “झाड़ुले बाटो सफा गरे जस्तै” बाटो सफा गर्दै मतदान केन्द्रसम्म पुगुन्।

अमित मालवीयले भने, यस किसिमको बयान गम्भीर चिन्ताको विषय हो। यसलाई गम्भीर रूपमा लिनुपर्छ। उनले मालदाको मोथाबाड़ीमा घटित हालैको घटनाको उल्लेख गर्दै भने, यस्तो परिस्थितिको सम्भावित परिमाम सामु आइसकेको छ।

भाजपा नेताले यस मामिलामा निर्वाचन आयोगसित संज्ञान लिने अपील गरेका छन्।

अर्कोतिर यस बयानलाई लिएर तृणमूलको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande