मोथाबाड़ीको घटनामाथि अतिरिक्त जिल्लाधिकारीलाई कारण बताऊ नोटिस, 43 जना समातिए
मोथाबाड़ीको घटनामाथि अतिरिक्त जिल्लाधिकारीलाई कारण बताऊ नोटिस, 43 जना समातिए


कोलकाता, 06 अप्रेल (हि.स.)। मतदाता सूचीबाट नाम हटाइएको विवादपछि मोथाबाड़ीमा न्यायाधीशहरूलाई घेरेर कथित रूपमा सताएको तथा गत एक अप्रेलको दिन सम्पूर्ण मालदा जिल्लामा भएको अव्यवस्थाको मामिलामा जिल्ला प्रशासनले कड़ा कदम उठाेको छ। जिल्ला प्रशासनको सूत्रानुसार मालदाका जिल्लाधिकारी राजनवीर सिंह कपूरले अतिरिक्त जिल्लाधिकारी (जिल्ला परिषद) शेख अन्सार अहमदलाई कारण बताऊ नोटिस जारी गरेका छन्।

बताइएको छ, मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामा नाम हटाएको सिकायतलाई लिएर मोथाबाड़ी, सुजापुर औ इंग्लिश बजार समेत केही क्षेत्रहरूमा राज्य तथा राष्ट्रिय राजमार्गहरूलाई अवरुद्ध गरिएको थियो। यस अवधि व्यापक अव्यवस्था फैलिएको थियो साथै जिल्लाको कानून व्यवस्थाको स्थिति पनि प्रभावित भएको थियो।

यी घटनाहरू हुँदा स्थितिलाई नियन्त्रण गर्नको लागि अतिरिक्त जिल्लाधिकारी शेख अन्सार अहमदलाी सक्रिय देखिएको थियो। तथापि आरोप छ, स्थितिलाई प्रभावकारी ढंगमा सम्हाल्न अनि आफ्नो कर्तव्य निर्वहनमा उनी असफल रहे। त्यसैले उनीविरूद्ध यो कारबाही गरिएको हो।

यसबीच मोथाबाड़ी घटनामा गए आइतवार राती पुलिसले थप छःजना मानिसहरूलाई पक्राउ गरेको छ। सबैलाई मोथाबाड़ी थानाको पुलिसले पक्राउ गरेको हो। यसको साथै यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या बढ़ेर 43 पुगेको छ।

निर्वाचन आयोगको निर्देशमा यस सम्पूर्ण मामिलाको जाँच राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले गरिरहेको छ। सोमवार जाँचको चौथो दिन हो।

केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरूले कालियाचकदेखि लिएर इंग्लिश बजारका विभिन्न क्षेत्रहरूमा पुगेर स्थानीय मानिसहरूसित जाँचबुझ गरे।

अधिकारीहरूले मोथाबाड़ी विधानसभा क्षेत्र अन्तर्गत कालियाचक–2 ब्लक कार्यालयका केही कर्मचारीहरूसित पनि बातचित गरे। गए आइतवार बिहान मालदाका अतिरिक्त जिल्लाधिकारी (विकास) अनिन्द्य सरकारलाई पनि त्यहाँ बोलाएर जाँचबुझ गरियो केही स्थानीय समाचार माध्यमहरूका प्रतिनिधिहरूसित पनि जाँच दलले जानकारी लिएको छ। सूत्रानुसार अहिलेसम्ममा लगभग 150 जना मानिसहरूसित जाँचबुझ गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande