
राजगञ्ज, 06 अप्रेल (हि.स.)। जलपाईगुड़ी जिल्लाको राजगञ्जबाट तृणमूल कंग्रेसकी उम्मेद्वार स्वप्ना बर्मनले सोमवार बिहान आफ्नो घर बोडागञ्जमा भमँरी देवीको पूजा गरेपछि आफ्नो नामांकन पत्र दर्ता गराइन्। एशियन गेम्समा स्वर्णपदक जित्ने एथलिटले आफ्नो जीतप्रति भरोसा व्यक्त गरेकी छन्। नामांकन पत्र दर्ता गरेपछि उनले त्यागको कथा सुनाइन्।
उनले भनिन्, राजगञ्जका मानिसहरूले मलाई धेरै माया गर्छन्। केही दिनअघि मैले अभियान पनि संचालन गरेँ। म घर गइरहेकी छु। म अत्यन्त खुशी छु। उनले यो पनि भनिन्, म राजगञ्जकी छोरी हुँ भने मेरो पेशा खेल हो। मैले धेरै त्याग गरेपछि आफ्नो नामांकन पत्र दर्ता गरेकी छु।
स्मरण गराइन्छ, स्वर्णपदक जित्ने खेलाड़ी स्वप्ना बर्मन एक महिनाअघितृणमूल कंग्रेसमा सामेल भएकी थिइन्। उनलाई पार्टीले जलपाईगुड़ीको राजगञ्ज सीटबाट उम्मेद्वार बनाएको थियो। यसपालि यस सीटमा तृणमूल विधायक खगेश्वर रायलाई टिकट नदिइएको कारणले उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। तर पछि वरिष्ठ नेताहरूले सम्झाएपछि उनी शान्त भए। यसबीच स्वप्ना बर्मनको मार्गमा एउटा बाधा आइलाग्यो। उनी नर्थ-इस्ट फ्रन्टियर रेलवेको अलिपुरद्वार डिवीजनमा कार्यरत् थिइन्। रेलवेको नोकरी उनको चुनावी मार्गमा बाधा भयो। स्वप्नाले व्यक्तिगत व्यवस्तताको आधारमा एक महिनाअघि कामबाट छुट्टी लिएकी थिइन्।
रेलवेको आरोप छ, छुट्टी अवधि उनी राजनीतिमा सक्रिय भएकी थिइन् जसले गर्दा कानूनी समस्या शुरू भयो। नियमानुसार सरकारी नोकरी गर्ने व्यक्तिले चुनाउ लड़्न सक्दैन। रेलवेले स्वप्नामाथि अनुशासन भंग गरेको आरोप गायो। तथापि भारतीय रेलवेले उनको राजीनामालाई स्वीकार गरे पनि एनओसीलाई लिएर विवाद गहिरियो।
यसबीच गए आइतवार साँझ चुनाउ आयुक्तले बताए, उनले 'नो ड्यूस सर्टिफिकेट' दिएको छ जसपश्चात उनी उम्मेद्वार बन्ने बाधा हट्यो। उनले अन्तिम दिन आज आफ्नो नामांकन दर्ता गराइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा