कोलकातामा हल्का वर्षा अनि बिजुली चम्किने सम्भावना
कोलकातामा हल्का वर्षा अनि बिजुली चम्किने सम्भावना


कोलकाता, 06 अप्रेल (हि.स.)। अलिपुर मौसम विभागद्वारा जारी 24 घण्टाको मौसम पूर्वानुमान अनुसार सोमवार बिहानदेखि मंगलवार बिहानसम्म कोलकाता तथा यस वरपरका क्षेत्रहरूमा आंशिक रूपमा बादल लाग्नेछ।

पूर्वानुमानमा भनिएको छ, अपरान्ह वा साँझको समय हल्क मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। यस अवधि अधिकतम तापमान लगभग 31 डिग्री सेल्सियस र न्यूनतम तापमान 23 डिग्री सेल्सियस लगभग रहनसक्छ।

मौसम विभागले उप-हिमालयी पश्चिम बंगाल र सिक्किमको लागि पनि पूर्वानुमान जारी गरेको छ जसानुसार सिक्किमका कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्छ जबकि दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, कुचबिहार र अलिपुरद्वार जिल्लाका केही ठाउँमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। साथै यी जिल्लाहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा अनि वज्रपात हुने चेताउनी जारी गरिएको छ।

मौसम विभाग अनुसार आगामी दिनमा मौसमको स्थितिमा त्यस्तो ठूलो परिवर्तन आउने सम्भावना छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande