सीपीआईएमले दार्जिलिङमा अजय एडवर्ड्सलाई समर्थन गर्ने
समन पाठक


खरसाङ, 06 अप्रेल (हि.स.)। पहाडका तीनवटा विधानसभा समष्टिमध्ये सीपीआईएमले दार्जिलिङ र खरसाङमा आफ्ना उम्मेदवारहरु उठाएका छन् भने दार्जिलिङ विधानसभा समष्टिमा आफ्नो गठबन्धन दल इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय संयोजक अजय एडवर्ड्सलाई समर्थन गर्ने घोषणा गरेको छ। उक्त जानकारी पूर्व सांसद एवं सीपीआईएम दार्जिलिङ जिल्ला सचिव समन पाठकले दिएका हुन्।

पाठकले भने, अजय एडवर्ड्स र इण्डियन गोर्खा जनशक्ति फ्रण्ट एन्टी भाजपा र एन्टी तृणमूल हुन्। त्यसैले हामीले दार्जिलिङमा अजय एडवर्ड्सलाई सघाउने निर्णय गरेका हौं। सीपीआईएमले राज्यमा 197 सिटमा उम्मेदवारहरु उठाएको जानकारी गराए। उनले भने, भाजपाले जनतालाई लट्याउने काम मात्र गरेको छ। गोर्खाल्याण्डको नामदेखि लिएर स्थायी राजनैतिक समाधान, 11 जात गोष्ठीलाई जनजाति मान्यता साथै इन्टरलोक्युटरसम्म केवल जनतालाई झुक्याउने काम गरेको छ।

उनले एसआईआरको विषयमा बोल्दै भने, एसआईआरलाई लिएर माकपाले लिगल सेल गठन गरेर काम गरिरहेको छ। एसआईआरमा धेरैको नाम डिलिट भएको छ भन्दै उनले के गैर मतदाताहरुको भोटले नै मुख्यमन्त्री बनेकी हुन् भनी प्रश्न गरे। पाठकले भने, बंगालमा दुईवटा राजनीतिक पार्टी भाजपा र टीएमसीको मात्र राजनीति चलिरहेको छ। यी दुईवटा राजनीतिक पार्टीहरुबाहेक तेस्रो विकल्पको रूपमा माकपा चुनावी मैदानमा उत्रिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande