खड़गपुरमा मनाइयो भाजपाको स्थापना दिवस, दिलीप घोष उपस्थित
खड़गपुरमा मनाइयो भाजपाको स्थापना दिवस, दिलीप घोष उपस्थित


खड़गपुर, 06 अप्रेल (हि.स.)। चुनाउ प्रचारबीच खड़गपुर सदरमा भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूले विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी भाजपाको स्थापना दिवसको अवसरमा सोमवार खड़गपुर सदरस्थित भाजपाको चुनावी कार्यालय तथा पार्टी कार्यालयमा उत्साहपूर्वक कार्यक्रम आयोजना गरे। यस अवसरमा पार्टीको झण्डा फहराइयो भने कार्यकर्ताहरूले समवेत स्वरमा “वन्दे मातरम्” गाएर राष्ट्रभक्तिको सन्देश दिए। कार्यक्रममा भाजपाका वरिष्ठ नेता दिलीप घोषको नेतृत्वमा ठूलो संख्यामा पार्टी कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए।

यस अवसरमा दिलीप घोषले भने, “भारतीय जनता पार्टीको स्थापना राष्ट्र सेवा एवं देशहितको संकल्पसितै भएको थियो। पछिल्लो 47 वर्षभित्रमा पार्टीले ‘राष्ट्र प्रथम’- को सिद्धान्तमा हिँड़ेर देशका जनताको सेवा गरेको छ। कार्यकर्ताहरूको समर्पण र मिहेनतको फलस्वरूप आज भाजपा विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश निरन्तर विकासको दिशामा अग्रसर भइरहेको छ। भाजपा कार्यकर्ताहरूले राष्ट्र निर्माणको यस अभियानलाई मजबुत बनाइरहेका छन्।”

कार्यक्रममा मुख्य रूपमा खड़गपुर विधानसभा कन्भीनर गौतम भट्टचार्य औ विधानसभा प्रचार प्रमुख मनोज दे सहित भाजपाका मण्डल अध्यक्ष अनि कार्यकर्तागण उपस्थित थिए।

कार्यक्रममा कार्यकर्ताहरूले पार्टीको स्थापना दिवसमाथि संगठनलाई सुदृढ़ बनाउने तथा राष्ट्रहितमा काम गर्ने संकल्प पनि लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande