कलुकमा नवीनीकृत सीसीआईको हस्तान्तरण
कलुकमा नवीनीकृत सीसीआईको हस्तान्तरण


सोरेङ, 06 अप्रेल (हि.स.)। कलुकमा सोमवार नयॉं नवीनीकृत बाल हेरचाह संस्थान (सीसीआई) को हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा क्षेत्र विधायक इरुङ तेन्जिङ लेप्चा, जिल्लाध्यक्ष तीलादेवी गुरुङ, एडीएम डीआर विष्ट तथा अन्य अधिकारीहरू उपस्थित थिए।

जिल्ला बाल सुरक्षा अधिकारीले आफ्नो स्वागत सम्बोधनमा महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग अन्तर्गत वात्सल्य योजना अभियानको उद्देश्य र महत्वमाथि प्रकाश पारे। उनले यसको उद्देश्य आवश्यकतामा परेका बालबालिकाको हेरचाह, संरक्षण र विकास सुनिश्चित गर्नु रहेको बताए।

यसरी नै जिल्ला कार्यालयका सहायक अभियन्ताले नवीकरण कार्यबारे जानकारी गराउॅंदै स्वीकृत मानक अनुसार तोकिएको गुणस्तर मापदण्डको पालना गरेर परियोजना तोकिएको समयसीमा भित्र सम्पन्न गरिएको बताए।

विधायक लेप्चाले नवीनीकृत सुविधाको निरीक्षण गर्दै कार्यको गुणवत्ताप्रति सन्तोष प्रकट गरे। उनले सीसीआई परिवार र स्थानीय समुदायलाई नवीकरण कार्यको सफलताका लागि बधाई पनि दिए। उनले विद्यार्थीहरूलाई आफ्नो पढाईप्रति समर्पित रहन र उज्जवल भविष्य निर्माणका लागि प्रयासरत रहने प्रोत्साहित गरे।

यस अवसरमा सीसीआईका नानीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande