
मुम्बई, 06 अप्रेल (हि.स.)। महाराष्ट्रको मुम्बई एन्टी-एक्सटर्शन स्क्वाडले प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा फर्जी ग्रीटिंग कार्ड पठाएर एकजना सोशल वर्करबाट रंगदारी मागेको आरोपमा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। दुवै आरोपीको पहिचान तौसिफ हुसैन इस्माइल पटेल र सिद्धिनाथ दीनानाथ पाण्डे उपनाम सुनिलको रुपमा गरिएको छ। यस मामिलामा अनुसन्धान भइरहेको छ।
पुलिसका जाँच अधिकारीले सोमवार बताए, मामिलाको सिकायत गर्ने महिला एकजना सामाजिक कार्यकरता हुन् जसले आफ्नो संस्था संचालन गर्दै आइरहेकी छन्। सिकायतकर्ताले आफ्नो सिकायतमा पुलिसलाई बताएकी छन्, केही दिनअघि उसको परिचय तौसिफ र फरनाज वाडियासित भएको थियो। यी दुवैले सिकायतकर्ता महिलालाई प्रधानमन्त्री मोदीको नाममा ग्रीटिंग कार्ड दिने वाचा गरेका थिए। त्यसपछि यी दुईले सिकायतकर्तालाई प्रधानमन्त्रीको नामको जाली ग्रीटिंग कार्ड गत 20 मार्चमा दिएका थिए। यस पत्रमा सिकायतकर्तालाई प्रधानमन्त्रीले जन्मदिनको बधाई दिँदै उसको सामाजिक कार्यहरूको सराहना गरेका थिए। सिकायतकर्ताले उक्त ग्रीटिंग गार्ड बारे साथीहरूलाई बताउँदा उनीहरूले यो जाली रहेको बताए।
यसबीट आरोपीहरूले सिकायतकर्तासित ग्रीटिंग कार्डको सट्टामा चार लाख रुपियाँ माग्न शुरू गरे। त्यसपछि सिकायतकर्ताले पुलिससित सम्पर्क गरिन्। पुलिसले वर्ली क्षेत्रस्थित एउटा होटलमा धराप थापेर दुवै आरोपीलाई रंगदारीको धनराशिसितै पक्राउ गऱ्यो। पुलिसले यो पनि पत्तो लगाउने प्रयास गरिरहेको छ कि यी दुईले यसरी नै प्रधानमन्त्रीको नाममा नक्कली ग्रीटिंग कार्ड दिएर अरूबाट पनि पैसा लिएको छ कि छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा