
सोनादा, 06 अप्रेल (हि.स.)। सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादामा सामडुप तार्गेलिङ्ग ठोईमा छोक्पा कमिटीको आयोजनामा तीन दिवसीय ठोईमन नाग्मो (क्रोधिकाली गणचक्र) पूजा सम्पन्न गरिने भएको छ। उक्त तीन दिवसीय पूजा आगामी 10 अप्रेलदेखि 12 अप्रेलसम्म आयोजना गरिने छ। पूजाको तेस्रो दिन 12 अप्रेलका दिन टुल्कु सेनड्रुप रिम्पोर्छेको बाहुलीबाट वाङ अभिषेक गरिने बताइएको छ।
पूजाको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादाका लामा फुर्तेले सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादामा सामडुप तार्गेलिङ्ग ठोईमा छोक्पा कमिटीको आयोजनामा तीन दिवसीय ठोईमन नाग्मो (क्रोधिकाली गणचक्र) पूजा सम्पन्न गरिने बताए। उनले उक्त तीन दिवसीय पूजामा सिक्किम, कालेबुङ, खरसाङ, मिरिक, मङ्पु, तकदाह लगायत विभिन्न स्थानहरुबाट बौद्ध धर्मावलम्बीहरु उपस्थित रहने जानकारी गराए।
उनले यो पूजा आयोजना गरिनुको मुख्य उद्देश्य गुरुलाई गुरु दक्षिणा चढाउनु रहेको बताए। उनले यस्तो पूजा पहिले सोनादा क्षेत्रमा आयोजना नभएको र यसबाट सोनादा क्षेत्रलाई धेरै राम्रो हुने बताए। उक्त तीन दिवसीय पूजामा आयोजक समितिको तर्फबाट सबैलाई उपस्थित भइदिने अनुरोध गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक