तारम छुमा यातायात आवागमन पुनर्स्थापित गर्ने सम्भाव्यता अन्वेषण गर्न संयुक्त स्थल निरीक्षण
तारम छुमा संयुक्त स्थल निरीक्षण


मङ्गन, 06 अप्रेल (हि.स.)। तारम छुमा सड़क भत्किएकोले चुङ्थाङ-लाचेन सड़क मार्ग बन्द रहेको छ। सोही विषयलाई ध्यानमा राख्दै क्षतिको मूल्याङ्कन गर्न र यातायात आवागमन पुनर्स्थापित गर्ने सम्भाव्यता अन्वेषण गर्न सोमवार संयुक्त स्थल निरीक्षण गरिएको छ।

जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आयोजित निरीक्षणमा पुलिस अधीक्षक एलबी छेत्री, महकुमा अधिकारी अरुण छेत्री, एसडीपीओ चन्दन छेत्रीसहित अन्य रहेका थिए।

भ्रमणको क्रममा टोलीले क्षतिग्रस्त खण्डको विस्तृत मूल्याङ्कन गर्‍यो र प्रभावित सड़कको रखरखाउ र पुनर्स्थापनाका लागि जिम्मेवार 86 आरसीसीका कमाण्डर र अफिसर कमान्डिङसहित सीमा सड़क सङ्गठन (बीआरओ)-का अधिकारीहरूसँग चर्चा गर्‍यो।

निरीक्षणको उद्देश्य विध्वंस भएको सड़कको गम्भीरताको मूल्याङ्कन गर्नु, तत्काल जोखिम पहिचान गर्नु र यस महत्त्वपूर्ण मार्गमा सम्पर्क सञ्जालको शीघ्र पुनर्स्थापनाका लागि सम्भावित उपाय अन्वेषण गर्नु रहेको थियो। सुरक्षालाई ध्यानमा राख्दै सड़कलाई यथाशीघ्र पुनः खोल्न तत्काल र उपयुक्त कारबाही गर्न सम्बन्धित कार्यान्वयन निकायहरूलाई आवश्यक निर्देशन जारी गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande