
गेजिङ, 06 अप्रेल (हि.स.)। योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक तथा पर्यटन एवं नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी. भोटियाले आज आफ्नो क्षेत्रका विभिन्न गाउॅंहरूमा सामाजिक भ्रमण गरे। भ्रमणका क्रममा उनी खेचीपेरी नजिक फालेक गाउॅं, थिङलिङ गाउॅं लगायत योक्समका अन्य गाउॅंहरू पुगेका थिए।
मन्त्री भोटिया शोक सन्तप्त परिवारहरूका घर पुगेर आफुलगायत सिक्किम सरकारको तर्फबाट हार्दिक समवेदना व्यक्त गरे। यस अवधि, उनले स्थानीय मानिसहरूसॅंग अन्तरक्रिया गरे। यस अतिरिक्त, उनले सडक निर्माण लगायत जारी अन्य विभिन्न सरकारी परियोजनाहरूको पनि निरीक्षण गरे। उनले पर्यटन एवं नागरिक उड्डयन विभाग अधीनस्थ मेगा होमस्टे परियोजनाको पनि निरीक्षण गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल