
कोलकाता, 07 अप्रेल (हि. स.)। चुनाउ यसपालि निष्पक्ष र शान्तिपूर्वक हुनुपर्छ। सो मन्तव्य भाजपा नेता दिलीप घोषले मंगलवार मुख्यमन्त्री ममता ब्यानर्जीको एक बयानको जवाफस्वरूप व्यक्त गरेका हुन्।
वास्तवमा हालैमा मुख्यमन्त्री ममता ब्यानर्जीले मुर्शिदाबाद जिल्लामा चुनाउ प्रचार गर्ने क्रममा सबै ईभीएम मशिनहरूको राम्ररी जाँच गर्ने कुरा गरेकी थिइन्। उनले भनेकी थिइन्, बूथ एजेन्टले पनि ईभीएम मशिनको राम्ररी जाँच गरोस्। मलाई उनीहरूको प्लानको बारेमा थाहा छ, भोटिंगपछि उनीहरूले सीआरपीएफ र सेन्ट्रल फोर्सको सुरक्षामा भित्र पसेर मशिन परिवर्तन गर्नसक्छन्। त्यसैले हामीले 24 घण्टै निगरानी राख्नुपर्छ। हामीले उनीहरूमाथि कड़ा नजर राख्नुपर्छ।
दिलीप घोषले भने,सीआरपीएफ आइरहेको छ। बंगालवासी सेन्ट्रल फोर्स यहाँ आओस् भन्ने चाहन्छन्। चुनाउ निष्पक्ष र शान्तिपूर्वक सम्पन्न हुनुपर्छ।
मंगलवार कंग्रेसलाई लक्षित गर्दै दिलीप घोषले भने, अहिलेसम्म हामीलाई थाहै थिएन कि कंग्रेस कहाँ थियो। उनीहरूको आपस्तमै विवाद छ। राहुल गान्धी हरेक ठाउँमा पुग्छन्, तर परिणाम सबैलाई थाहा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा