
गुवाहाटी, 07 अप्रेल (हि.स.)। गुवाहाटीके बामुनीमैदाम क्षेत्रस्थित अनुराधा रेलवे कलोनीमा गए अबेर राती अचानक भयानक आगलागीको घटना भयो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। प्रारम्भिक जानकारी अनुसार सिलेण्डर पड़्केर लागेको आगोले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो।
सूत्र अनुसार एकसाथ लगभग सात वटा सिलेण्डर विस्फोट भएको आशंका व्यक्त गरिँदैछ। यस दुर्घटनामा लगभग 50-60 वटा घर जलेर खरानीमा परिणत भएको छ जसबाट धेरै पविवार बेघर भएका छन्।
घटनाको सूचना सूचना पाउनसाथ दमकल विभागका वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउनमा जुटे। रेलवे कलोनीमा अहिलेघरि भय अनि हाहाकारको वातारण सृजना भएको छ। यस घटनामा धेरैजना मानिसहरू घाइते भएको समाचार प्राप्त भएको छ जसलाई उपचारको निम्ति नजिकैको अस्पतालमा भर्ती गरिएको छ। हाल आगलागीको सठीक कारण पत्तो लगाउन जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा