
कुचबिहार, 07 अप्रेल (हि. स.)। जिल्लाको नाटाबाड़ीस्थित तुफानगञ्ज आरएमसी ग्राउण्डमा मंगलवार आयोजित जनसभाबाट तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले भाजपालाई लक्षित गरे। अभिषेक ब्यनर्जीले बंगाल विधानसभा चुनाउ-2026 “अनाचार बनाम विकास” औ “शोषण बनाम संघर्ष” -को लड़ाईँ रहेको बताए।
अभिषेकले भाजपा शासित राज्यहरूमा प्रवासी मजदुरहरूलाई ‘बंगलादेशी’ भनिएको तथा सीमा सुरक्षा बल (बीएसएफ)-माथि कथित अत्याचार गरिएको मुद्दा उठाउँदै केन्द्र सरकारमाथि चर्को प्रहार गरे।
सभामा उनले आरोप लगाए, मतदाता सूचीबाट नाम हटाउने नाममा षड़यन्त्र रचिँदैछ। “अण्डर एडजूडिकेशनको नाममा 27 लाख नाम अवैध रूपमा काटिएको छ जसमा दश लाखभन्दा अधिक हिन्दू बंगालीहरू छन्। उनले भरोसा दिलाए, ममता ब्यानर्जीले हरेक नागरिकको भोटको अधिकार तथा मौलिक अधिकारको रक्षा रनेछन्।
अभिषेक ब्यानर्जीले नाटाबाड़ीका भाजपा विधायक मिहिर गोस्वामीमाथि कटाक्ष गर्दै उनलाई “स्विच अफ विधायक”-को संज्ञा दिए। उनले आरोप लगाए, पछिल्लो पाँच वर्षभित्रमा विधायकले क्षेत्रको लागि कुनै काम गरेनन्।
यसको साथै भाजपा उम्मेद्वारलाई “बाहिर”-को बताउँदै उनले भने, तृणमूल प्रत्याशी शैलेन्द्रनाथ बर्मा स्थानीय निवासी हुन् जसलाई क्षेत्रको बारेमा राम्ररी थाहा छ। सभामा उर्लिएको भीड़लाई देखेर अभिषेकले विश्वास व्यक्त गरे, यसपालि पनि नाटाबाड़ीमा तृणमूल कंग्रेसको जीत तय छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा