
गुवाहाटी, 07 अप्रेल (हि.स.)। मंगलवार दिउँसो असममा भूकम्पको झटका महसूस गरियो। दिउँसो 02 बजेर 18 मिनट 31 सेकेन्डमा भूकम्पको आयो।
भारतीय भूकम्प विज्ञान केन्द्र अनुसार, रिक्टर स्केलमा 4.8 रेक्टर स्केलको भूकम्प मापियो। यसको केन्द्रबिन्दु असमको हैलाकान्डी जिल्लामा लगभग 5 किलोमिटर गहराईमा थियो। भूकम्पको केन्द्र 24.823 उत्तर अक्षांश र 92.634 पूर्वी देशान्तरमा रेकर्ड गरियो।
भूकम्पको झटका महसुस हुने बित्तिकै मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, कुनै पनि जनधन क्षतिको कुनै रिपोर्ट छैन।
प्रशासनले परिस्थितिको निगरानी गरिरहेको छ र मानिसहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी