
सिलगढ़ी, 07 अप्रेल (हि.स.)। विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)- का प्रत्याशी शंकर घोषले जनसम्पर्कलाई मजबुत बनाउनका लागि एउटा नयाँ पहल शुरू गरेका छन्। ‘दिनयापन कार्यक्रम’ नामक सो अभियानको शुरुआत मंगलवार बिहान सिलगढ़ीको 46 नम्बर वार्डबाट गरियो। कार्यक्रमको प्रारम्भमा स्थानीय महान व्यक्तिहरूको प्रतिमामा माल्यार्पण गरियो। त्यसपछि शंकर घोषले क्षेत्रमा घुमेर जनतासित सोझै बातचित गरी उनीहरूको समस्यालाई सुने।
यस अवसरमा शंकर घोषले भने, यस कार्यक्रमको उद्देश्य हरेक वार्डमा पुगेर मानिसहरूसित समय बिताउनु, उनीहरूको वास्तविक समस्या बुझ्नु अनि धरातलीय स्थितिको मूल्यांकन गर्नु हो। उनले भने, जनतासम्म सोझै पुगेर उनीहरूको कुरालाई गम्भीर रूपमा सुन्नको लागि नै यो पहल शुरू गरिएको हो। आजको भ्रमणमा स्थानीय मानिसहरूले बुनियादी सुविधाहरूको अभाव, खराब इन्फ्रास्ट्रक्चर औ नागरिक सेवाहरूमा व्याप्त कमी-कमजोरीहरूलाई लिएर आफ्नो असन्तुष्टि व्यक्त गरे भने कतिपय स्थानीय संगठनहरूका प्रतिनिधिहरूले पनि उनीसित चर्चा गरे।
यस अवधि क्षेत्रमा पछिल्लो लामो समयदेखिकै उपेक्षित पार्कको मुद्दा पनि उठ्यो। स्थानीय मानिसहरूले बताए, वर्षौंदेखिको यो पार्क बेहाल अवस्थामा छ। मेयर तथा वार्ड पार्षदहरूलाई कैयौं पटक सिकायत गरिएको भए पनि अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन। मानिसहरूले माग गरे, पार्कलाई चाँड़ोभन्दा चाँड़ो पुनर्निर्माण गरी आम मानिसहरूको लागि पुनः खोलियोस्। शंकर घोषले आश्वस्त बनाए, उनले यो समस्यालाई गम्भीर रूपमा लिएर समाधान गर्नको लागि आवश्यक कदम उठाउने प्रयास गर्नेछन्। उनले यो पनि भने, ‘दिनयापन कार्यक्रम’ अन्तर्गत आगामी दिनमा अन्य वार्डहरूमा पनि पुगेर मानिसहरूसित सोझो सम्वाद गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा