
पटना, 07 अप्रेल (हि.स.)। बिहारका उपमुख्यमन्त्री सम्राट चाैधरीले पश्चिम बंगाल चुनाउको सन्दर्भमा बयान दिँदै भारतीय जनता पार्टी (भाजपा)- को जीत हुने दाबी गरेका छन्। मंगलवार पटनामा पत्रकारहरूसित बातचित गर्दै सम्राट चौधरीले भने, भाजपाको स्पष्ट मान्यता छ कि पश्चिम बंगाल सुनको बंगाल हो र बंगाललाई सुनको बंगाल बनाउने प्रक्रिया शुरू भएको छ।
उपमुख्यमन्त्री सम्राट चौधरीले भने, लोकतन्त्र स्थापना गर्नको लागि त्यहाँ बाहिरबाट आएका घुसपैठीहरूलाई बाहिर निकाल्न अनि बंगाली अस्मितालाई पुनर्स्थापित गर्नुछ। जसरी स्वतन्त्रताको लागि बंगाली समाजका मानिसहरूले लड़ाईँ लड़े, त्यसरी नै त्यहाँको परिवर्तनको लागि बंगालका जनता तयार छन्। त्यहाँ भाजपाको जीत निश्चित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा