मिलड इस्टमा फसेका बिहारी श्रमिकहरूका लागि नीतीश सरकारले जारी गऱ्यो हेल्पलाइन नम्बर
मिलड इस्टमा फसेका बिहारी श्रमिकहरूका लागि नीतीश सरकारले जारी गऱ्यो हेल्पलाइन नम्बर


पटना, 07 अप्रेल (हि.स.)। मध्य पूर्वमा बढ़्दो तनाउलाई केन्द्र गर्दै राज्य सरकारले ठूलो फसेला लिएको छ। सरकारले मिडल इस्टमा फसेका बिहारी श्रमिकहरूको लागि हेल्पलाइन नम्बर जारी गर्नको साथै राज्य स्तरमा कन्ट्रोल रूम पनि बनाइएको छ। सरकारले स्पष्ट पारेको छ, आवश्यकतामा परेका मानिसहरूले अब सोझै सम्पर्क गर्न सक्नेछन् जसलाई तुरून्तै मद्दत गरिनेछ। यो फसेला मुख्य सचिव प्रत्यय अमृतको अध्यक्षतामा सम्पन्न भएको क्राइसिस म्यानेजमेन्ट बैठकमा लिइएको हो।

कन्ट्रोल रूमबाट फोन तथा व्हाट्सएपबाट सहयोग दिइने-

श्रम संसाधन विभागद्वारा स्थापित कन्ट्रोल रूमको फोन नम्बर 0612-2520053 औ व्हाट्सएप नम्बर 7368855002 जारी गरिएको छ। यहाँ नोडल अधिकारीहरूलाई तैनाथ गरिएको छ। मिडल इस्ट वा अन्य राज्यहरूमा फसेका श्रमिकहरूले पनि यी नम्बरहरूमा सम्पर्क गरेर आफ्नो समस्या दर्ता गराई सहायता प्राप्त गर्न सक्नेछन्।

बढ़्दो तनाउलाई केन्द्र गर्दै सरकार एक्शन मोडमा-

अहिलेघरि मिडल इस्टमा तनाउ आफ्नै चरममा छ भने स्थिति एक पूर्ण क्षेत्रीय युद्ध तर्फ बढ़िरहेको देखिँदैछ। हालैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई 7 अप्रेल, 2026 (मंगलवार)-सम्मको कड़ा डेडलाइन दिएका छन्- यदि उ शान्ति सम्झौता र 'होर्मुज जलडमरूमध्य' -लाई खोल्न राजी नभए इरानको आधारभूत ढाँचालाई पूर्णरूपले ध्वस्त गरिनेछ। तनाउ लगातार बढ़िरहेको छ जसलाई ध्यानमा राखेर नीतीश सरकार पनि अब एक्शन मोडमा आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande