मुख्यमन्त्री खाण्डुले सर्वोच्च न्यायालयको आदेशलाई स्वागत गरे
मुख्यमन्त्री खाण्डुले सर्वोच्च न्यायालयको आदेशलाई स्वागत गरे


इटानगर, 07 अप्रेल (हि.स.)। अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले सोमवार भारतको सर्वोच्च न्यायालयद्वारा आफ्नो आफन्तहरूलाई सरकारी ठेका दिएको आरोपको सीबीआई (केन्द्रिय जाँच ब्यूरो)- द्वारा प्रारम्भिक जांच (पीई) गर्ने आदेश दिइएकोमा स्वागत गर्दै आफ्नो पक्षबाट जाँच एजेन्सीलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए।

यस घटनाक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै खाण्डुले एक बयानमा भनेका छन्, जाँचबाट स्थिति स्पष्ट हुनेछ अनि शासनको पारदर्शिता पुष्टि हुनेछ। उनले भने, उनको सरकारसित लुकाउनको लागि केही पनि छैन। निष्पक्ष अनि स्वतन्त्र जाँचको लागि आवश्यक सबै सहयोग प्रदान गरिनेछ।

उनले भने, वास्तविकता सबै सामु छर्लङ्ग हुनेछ।

सर्वोच्च न्यायालयले एक जनहित याचिकाको सुनवाई गर्दै सीबीआईलाई प्रारम्भिक जाँच गर्ने निर्देश दियो साथै एजेन्सीसित उ समक्ष प्रस्तुत हलफनामामा गरिएका दाबीहरूलाई सत्यापन गर्न भनियो।

यस पूर्व राज्य सरकारले आफ्नो हलफनामामा भनेको थियो, पछिल्लो दश वर्षभित्रमा गरिएका 21,079 कार्यहरूमध्ये 121 कार्य मात्र चार वटा फर्महरूलाई उचित निविदा प्रक्रियाको माध्यमबाट दिइएको थियो जुन राज्यभरिमा दिइएका सबै ठेकाको मात्र 0.57 प्रतिशत हो।

हलफनामामा भनिएको छ, मूल्यको हिसाबले यी अनुबन्धहरूको मोठ मूल्य 1,245.04 कड़ोर रुपियाँ थियो जुन यसै अवधिमा राज्यमा उचित निविदा प्रक्रियाको माध्यमबाट दिइएका मोठ 45,380.96 कड़ोर रुपियांका अनुबन्धहरूको 2.74 प्रतिशत हो।

खाण्डुले आदेशलाई स्वागत गरे अनि जाँच एजेन्सीलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande