तृणमूलको झण्डा च्यातेको आरोप भाजपामाथि
तृणमूलको झण्डा च्यातेको आरोप भाजपामाथि


अलिपुरद्वार, 07 अप्रेल (हि.स.)। सिलगढ़ीमा चुनावी माहोलबीच राजनीतिक तनाउ बढ़्दै गइरहेको देखिन्छ। शहरको दश नम्बर वार्ड स्थित नवीन सेन रोड क्षेत्रमा तृणमूल कंग्रेस पार्टीको झण्डा च्यातेर नालीमा फालिदिएको घटना प्रकाशमा आएको छ जसबाट क्षेत्रमा तनाउ फैलिएको छ। घटना बारे सूचना पाएर मंगलवार सिलगढ़ीबाट तृणमूल कंग्रेसका उम्मेद्वार गौतम देव घटनास्थलमा पुगे।

उनले आरोप लगाए, भाजपाले हारको डरले अँध्यारोमा यस्तो कृत्य गरिरहेको छ।

गौतम देवले भने, हामी यो मामिलालाई प्रशासन समक्ष उठाउनेछौं। भाजपाले सिलगढ़ीमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ। तर हामी चाहन्छौं, चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न होस्। त्यसैले प्रशासनसित उचित कारबाही गर्ने माग गर्दछौं।

तथापि भाजपा उम्मेद्वार शंकर घोषले यस घटनालाई तृणमूलको आपस्तको शत्रुता बताएका छन्।

उनले भने, भाजपाले यस किसिमको निच कृत्य गर्दैन। उनले प्रशासनसित घटनाको उचित जाँच गरी कदम उठाउने माग गरेका छन्। अर्कोतिर यस घटनाको कारण क्षेत्रमा राजनीतिक हावा तातिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande