चुनाउअघि कछारमा प्रचुर मात्रामा अवैध रक्सी जफत
चुनाउअघि कछारमा प्रचुर मात्रामा अवैध रक्सी जफत


कछार (असम), 07 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ आउनै लागेको क्षणमा पुलिसले कछार जिल्लामा अवैध रक्सी विरोधी अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा गए राती गुमरा पुलिसले मेघालय सीमास्थित दिगरखाल क्षेत्रमा व्यापक कारबाही गर्दै प्रचुर मात्रामा अवैध विदेशी रक्सी जफत गरेको छ।

पुलिसले मेघालयदेखि मिजोरम तर्फ गइरहेको सीमेन्ट लादिएका दुई वटा ट्रकहरूलाई रोकेर जाँच गऱ्यो। जाँचमा सीमेन्टका बोराहरूभित्र लुकाएर राखिएका 401 कार्टुन इण्डियन मेड फरेन लिकर (आईएमएफएल) भेटियो जसलाई जफत गरियो।

दिगरखाल चेकगेटमा गरिएको यस कारबाहीमा विभिन्न ब्राण्डका लगभग 1,804 लीटर रक्सी जफत गरियो जसको बजार मूल्य अनुमानित लाखौं रुपियाँ रहेको बताइएको छ।

यस मामिलामा पुलिसले चारजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान कलाइन भैरवपुरका असलम उद्दीन बरभुइयाँ र फारुक इस्लाम, ब्राह्मणग्रामका जुनैद अहमद तथा नातुनपुरका दिलदार हुसैनको रूपमा भएको छ। यस आशयको जानकारी गुमरा पुलिस चौकीका प्रभारी प्रणव मिलीले मंगलवार दिएका हुन्। पुलिस सम्पूर्ण मामिलाको अग्रिम जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande