नैहाटी थानाका प्रभारी महाबीर बेरा निलम्बित, पुलिस वाहनमा तृणमूल नेतालाई घुमाएको आरोप
नैहाटी थानाका प्रभारी महाबीर बेरा निलम्बित, पुलिस वाहनमा तृणमूल नेतालाई घुमाएको आरोप


कोलकाता, 07 अप्रेल (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउपूर्व निर्वाचन आयोगले नैहाटी थानाका प्रभारी (आईसी) महाबीर बेरालाई निलम्बन गरिदिएको छ। उनले नामांकन दर्ता गराउने दिन नैहाटी नगरपालिकाका चेयरम्यानलाई पुलिसको वाहन मार्फत महकुमा शासक (एसडीओ) कार्यालयसम्म पुऱ्याएको आरोप छ।

यस मामिलाको सिकायत भारतीय जनता पार्टी (भाजपा)-ले निर्वाचन आयोग समक्ष गरेको थियो जसको आधारमा आयोगले गए सोमवार राती निलम्बन गर्ने आदेश जारी गऱ्यो।

जानकारी अनुसार पहिलो चरणको चुनाउ (23 अप्रेल) -को लागि गए सोमवार नामांकन पत्र दर्ता गराउने अन्तिम दिन थियो। यसै दिन ब्यारकपुर महकुमा शासक कार्यालयमा नैहाटीबाट तृणमूल कंग्रेसका उम्मेद्वार सनत डेले आफ्नो नामांकन पत्र दर्ता गराए। यस अवधि नैहाटी नगरपालिकाका चेयरम्यान अशोक चट्टोपाध्याय पनि त्यहाँ उपस्थित थिए।

आरोप छ, अशोक चट्टोपाध्याय जुन वाहनमा सवार भएर कार्यालयमा पुगेका थिए, त्यो वाहन पुलिसको थियो र उनलाई त्यहाँसम्म नैहाटी थानाका प्रभारी महाबीर बेराले लिएर आएका थिए।

यस घटनाको एउटा भीडियो भाइरल भएको दाबी गर्दै भाजपा नेता अर्जुन सिंहले सोशल मीडियामा पोस्ट गरी आरोप लगाए, निर्वाचन आयोगले राज्य पुलिसबाट निष्पक्ष कार्य गराउने चेष्टा गरिरहेको छ, तर यस कसिमको घटनाले आचार संहिताको उल्लंघनलाई दर्शाउँछ। उनले सम्बन्धित पुलिस अधिकारीविरूद्ध कारबाही गर्ने माग पनि गरे।

त्यसपछि निर्वाचन आयोगले आफ्नो आदेशमा भन्यो, महाबीर बेराविरूद्ध विभागीय जाँच शुरू गरिएको छ। जाँच पूरा नहु़ञ्जेलसम्म उनलाई अस्थायी रूपमा निलम्बन गरिन्छ। निलम्बन अवधि उनलाई मूल वेतनको आधा भाग तता भत्ता नियम अनुसार दिइनेछ।

आयोगले हाल उपनिरीक्षक प्रकाश धाड़ालाई नैहाटी थानाको नयाँ प्रभारी नियुक्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande