
कोलकाता, 07 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले मंगलवार सोशल मीडिया प्लेटफर्म एक्समा विश्वविख्यात सितार वादक पण्डित रवि शंकरको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। उनले आफ्नो सन्देशमा भनिन्, पण्डित रवि शंकर एकजना महान संगीतकार मात्र थिएनन्, बंगालको नवजागरण कालको सांस्कृतिक धरोहरका महत्वपूर्ण प्रतिनिधि पनि थिए। उनले उनलाई “बंगाल एवं बंगालीहरूका गौरव” बताउँदै सश्रद्धा नमन गरिन्। मुख्यमन्त्रीले अझ लेखिन्, पण्डित रवि शंकरको सुर लहरीहरूले भारतीय शास्त्रीय संगीतलाई विश्व स्तरमा एक नयाँ पहिचान दिलायो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा