सट्टाबाजीको कारण ऋणमा डुबेका युवकद्वारा आत्महत्या
सट्टाबाजीको कारण ऋणमा डुबेका युवकद्वारा आत्महत्या


मालदा, 07 अप्रेल (हि. स.)। जिल्लाबाट एउटा सन्त्राषपूर्ण घटना सामु आएको छ जहाँ इण्डियन प्रीमियर लीग (आईपीएल)- मा सट्टा लगाएको कारण एक जना युवकले आत्महत्या गऱेको छ। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचिएको छ। मृतकको पहिचान अपू पोद्दार (26)- को रूपमा भएको छ जो ओल्ड मालदाको मंगलबाड़ी क्षेत्रस्थित झांझरा गाउँका निवासी थियो भने पेशाले अपू गोदामको कर्मचारी। युवक आफ्नी पत्नी, तीन वर्षीय छोरा र माता-पितासित बस्दै आएको थियो।

परिवार अनुसार आईपीएल शुरू भएपछि अपूले एकजना स्थानीय व्यापारीबाट 50 हजार रुपियाँको ऋण अधिक ब्याज दरमा लिएको थियो। उसले यो धनराशिलाई सट्टाबाजीमा लगायो, तर उसले सबै पैसा हाऱ्यो। त्यसपछि ऋणको दबाव अनि सामाजिक लाजको कारण पछिल्ला केही दिनदेखिको गहिरो मानसिक तनाउमा परेको थियो। गए सोमवार अपरान्ह घरबाट हिँड़ेदेखि उ फर्केर आएन। राति उसले आफ्नी आमालाई व्हाट्सेपमा भीडियो कल गरेर आफ्नो छोरालाई अन्तिम पटक हेर्ने इच्छा व्यक्त गर्दै भन्यो, अब मलाई कहिल्यै देख्ने छनौं। त्यसपछि उसको फोन बन्द भयो। परिवारले खोजतलास गर्दा कतै कुनै सुइँको पाएन। त्यसपछि पुलिसलाई सूचित गऱ्यो। पुलिसले मोबाइल लोकेशन ट्र्याक गरेर घरदेखि लगभग एक किलोमीटर टाड़ा एक सुनसान घरमा उसको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा फेला पाऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि जिल्ला अस्पतालमा पठाएर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande