
पुरुलिया, 07 अप्रेल (हि. स.)। जिल्लाको जंगल महल क्षेत्रमा मंगलवार बिहान माओवादी पोस्टर देखिएपछि व्यापक खैलाबैला मचियो। सूत्रानुसार मंगलवार बिहान पुरूलिया जिल्लाको बलरामपुर स्थित घाटबेरा क्षेत्रमा सेतो कागजमा रातो रंगले लेखिएको पोस्टर भित्तामा टाँसिएको देखियो। पोस्टरमा चेताउनी दिइएको छ। घरहरूको विभाजनमा भ्रष्टाचार गरेको आरोप पनि लगाइएको छ। पोस्टरहरूमा अन्तमा माओवादी लेखिएको छ।
स्मरण गराइन्छ, एक समयमा यी सबै क्षेत्रहरू माओवादीहरूको आश्रयस्थल नै भएका थिए। राज्यमा परिवर्तन आएपछि यी क्षेत्रहरूमा माओवादी गतिविधिहरू लगभग बन्द नै भएको छ। अहिले पोस्टरको घटनाले क्षेत्रमा सन्त्राष फैलाएको छ। पोस्टर कसले लेखेको हो, पत्तो लगाउनको लागि पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा