मिरिकमा भाजपा समर्थित उम्मेद्वार सोनम लामाको समर्थनमा ऱ्याली
मिरिकमा भाजपा समर्थित उम्मेद्वार सोनम लामाको समर्थनमा ऱ्याली


सिलगढ़ी, 07 अप्रेल (हि. स.)। मिरिकमा मंगलवार भाजपा गठबन्धनको पक्षबाट एक विशाल ऱ्याली निकालियो। आले खेल मैदानबाट शुरू भएको ऱ्याली बजारमा पुगेपछि समापन गरियो। ऱ्यालीमा गठबन्धनका नेताहरूको सहभागिता रहेको थियो। यस अवधि भाजपा समर्थित उम्मेद्वार सोनम लामाको पक्षमा समर्थन जुटाइयो। भाजपा सांसद राजू बिष्ट र उम्मेद्वार सोनम लामाले दुई हात जोड़ेर मानिसहरूलाई अभिवादन गरे।

यस ऱ्यालीमा गोर्खा समुदायको एक जुटता स्पष्ट रूपमा देख्न पाइयो। मिरिकका मानिसहरूको उत्साहले यो संकेत गऱ्यो, उनीहरू यसपालि परिवर्तन चाहन्छन्। “मिरिक चाहन्छ वास्तविक परिवर्तन”- को सन्देश सम्पूर्ण क्षेत्रमा गुञ्जिरह्यो। ऱ्यालीमा युवाहरूदेखि लिएर बुजुर्गहरूसम्म ठूलो संख्यामा सामेल भएका थिए। सबैले एक जुट भएर गोर्खा समाजको भविष्यलाई सुरक्षित पार्ने, आफ्नो सम्मानको रक्षा अनि क्षेत्रको विकासलाई अगाड़ी बढ़ाउने संकल्प लिए।

यस अवसरमा भाजपा सांसद राजू बिष्टले दाबी गरे, मिरिकका जनता यसपालि तृणमूल कंग्रेसलाई सत्ताच्युत पारेर भाजपा उम्मेद्वारलाई जीत दिलाउनका लागि तयार छन्। उनले मिरिकका मानिसहरूप्रति आफूलाई समर्थन र माया गरेकोमा आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande