रिनिकी भुइयाँ शर्माको जालुकबाड़ीमा म्याराथन चुनाउ प्रचार
रिनिकी भुइयाँ शर्माको जालुकबाड़ीमा म्याराथन चुनाउ प्रचार


गुवाहाटी, 07 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउलाई मध्यनजर गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाकी पत्नी रिनिकी भुइयाँ शर्माले जालुकबाड़ी विधानसभा क्षेत्रमा व्यापक एवं म्याराथन चुनाउ प्रचार गरिन्। उनले अबेर रातीसम्मम क्षेत्रका विभिन्न वार्डहरूमा पुगेर मतदाताहरूसित सम्पर्क गरिन्।

प्रचार अभियानको क्रममा उनले घर-घरमा पुगेर मानिसहरूसित भेट गरी क्षेत्रको विकास तथा जनहितका मुद्दाहरूमाथि चर्चा गरिन्। उनको लगातार वार्ड-वार्डको भ्रमणलाई धरातीलय स्तरमा मतदाताहरूसित जोड़िने महत्वपूर्ण प्रयास मानिँदैछ।

यसअघि वार्ड संख्या 8- मा अवस्थित कामाख्या मन्दिरको नजिकै आयोजित एक सभामा सयकड़ौं संख्यामा स्थानीय मानिसहरूले भाग लिए। सभामा मानिसहरूको व्यापक उपस्थितिले चुनावी माहोलमा बढ़्दो सक्रियता स्पष्ट रूपमा देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande