
अलिपुरद्वार, 07 अप्रेल (हि. स.)। जिल्लाको हासिमारा क्षेत्रमा मंगलवार बिहान एउटा ट्रक तोरसा नदीको पुलको रेलिंग भत्काउँदै लगभग 50 फुट तल नदीमा झऱ्यो। यस घटनामा ट्रक चालकको मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए।
पुलिस अनुसार यो दुर्घटना एशियन हाईवे-28 मा त्यसबेला भएको हो जतिबेला मदारीहाट तिरबाट आएको एउटा मालवाहक ट्रक असम तर्फ गइरहेको थियो। पुलको बीचमा पुगेपछि ट्रक अचानक दाहिने तर्फ मोड़ियो जसले गर्दा अगाड़ीबाट आइरहेको एउटा डम्परसित ट्रक ठोक्कियो। यो ठक्करपछि चालकले नियन्त्रण गुमायो फलस्वरूप ट्रक देब्रेतिरको रेलिंग भत्काउँदै सोझै तोरसा नदीमा झऱ्यो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई तुरूनतै मदारीहाट ग्रामीण अस्पतालमा पठाइदियो जहाँबाट उन्नत उपचारको निम्ति अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरियो। यता ट्रक चालकलाी लताबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
हाल मृतक अनि घाइतेहरूको पहिचान हुन सकेको छैन। पुलिसले उनीहरूको पहिचान खोलाउने प्रयास गरिरहेको छ। डम्परलाई जफत गरिएको छ भने नदीमा झरेको ट्रकलाई निकाल्ने प्रयास जारी छ। मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा