कोलकातामा हावा-हुन्डरीको सिलसिला यथावत, आगामी दुई दिनको लागि वर्षासितै हुन्डरी आउने पूर्वानुमान
कोलकातामा हावा-हुन्डरीको सिलसिला यथावत, आगामी दुई दिनको लागि वर्षासितै हुन्डरी आउने पूर्वानुमान


कोलकाता, 07 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी दुई दिनसम्म लगातार हुरीसितै वर्षा हुनेछ। मौसम विभागले मंगलवार सो जानकारी दिएको छ। मौसम विभागको पूर्वानुमान अनुरूप गत आइतवार र सोमवार कोलकाता तथा यस वरपरका क्षेत्रहरूमा हुरी एवं वर्षा दर्ता गरियो।गए सोमवार राती साढ़े आठ बजेपछि शुरू भएको वर्षाको स्वरूप पहिला हल्का थियो, तर पछि तीव्र भयो। योसँगसँगै तीव्र हावा र मेघ गर्जन पनि भएको देखियो।

मौसम विभागले संकेत दिएको छ, आगामी केही दिनसम्म मौसमको स्वरूप यस्तै रहनेछ। मंगलवार साँझपछि फेरि हुन्डरी र पानी पर्ने सम्भावना छ भने बुधवारसम्म यस्तै मौसम रहनसक्च। अलिपुर मौसम कार्यालयले मंगलवार र बुधवार वर्षाको मात्रा बढ़्नसक्ने आशंका व्यक्त गरेको छ।

मौसम वैज्ञानिकहरू मुताविक बिहारदेखि मणिपुरसम्म एउटा निम्न दबावको अक्ष रेखा विकसित भएको छ जुन उत्त्र बंगाल, असम अनि बंगलादेशको माथिबाट गुज्रिरहेको छ। साथै बंगालको खाड़ीमा एक चक्रवातीय परिसंचरण पनि सक्रिय भएको कारणले वातावरणमा नमी बढ़ेको छ जसबाट गर्जिने बादल विकसित हुनको साथै हावा-पानीको निम्ति अनुकूल स्थिति उत्पन्न भएको छ।

अविरल वर्षा अनि तीव्र हावाले गर्दा भयानक गर्मीबाट राहत पाइएको छ। गए सोमवार कोलकाताको अधिकतम तापमान 33.6 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.6 डिग्री कम हो। न्यूनतम तापमान 20.2 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा लगभग पाँच डिग्री कम हो।

मंगलवार अधिकतम तापमान लगभग 31 डिग्री र न्यूनतम तापमान लगभग 23 डिग्री सेल्सियस रहने अनुमान छ। हवामा नमीको स्तर 95 प्रतिशतसम्म रहेको कारणले साँझ मेघ गर्जनसितै पानी पर्ने सम्भावना अधिक रहेको बताइएको छ।

मौसम विभाग अनुसार दक्षिण बंगालका केही जिल्लाहरूमा मंगलवार हावा-पानीको तीव्रता बढ़्नसक्छ। बाँकुड़ा, पूर्व बर्धमान र बीरभूम जिल्लामा ्असिना पानी आउने सम्भावना छ।

यस अतिरिक्त पुरुलिया, बाँकुड़ा, पूर्व र पश्चिम बर्धमान, बीरभूम तथा मुर्शिदाबादमा तीव्र हावा पानी पर्नसक्छ। यी क्षेत्रहरूमा हावाको गति 50-60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। कोलकातामा पनि हावा-पानी आउने पूर्वानुमान छ।

बुधवार पूर्व बर्धमान, हावड़ा, हुगली, नदिया र उत्तर 24 परगना जिल्लामा मौसमको प्रभाव अधिक रहनसक्छ। बिहीवार दक्षिण बंगालका केही जिल्लाहरूमा छुटपुट हावा-पानी जारी रहनसक्छ। तर साँझपछि मौसममा बिस्तारै सुधार आउनेछ। शुक्रवार पानी पर्ने सम्भावना धेरै कम छ। सप्ताहन्त अर्थात शनिवार र आइतवार आकाश सफा रहने अनुमान छ जसबाट तापमान फेरि बढ़्नसक्छ।

उत्तर बंगालमा पनि वर्षाको पूर्वानुमान-

मंगलवार र बुधवार उत्तर बंगालका सबै जिल्लाहरूमा हल्कादेखि मध्य वर्षा हुनसक्छ। दार्जीलिङ, जलपाईगुड़ी र कुचबिहारमा असिना पानी साथै वज्रपात हुने आशंका छ भने अलिपुरद्वार र जलपाईगुड़ी जिल्लामा कता-कता पानी पर्नसक्छ। यहाँ पनि हवाको गति 50-60 किलोमीटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande