
खरसाङ, 07 अप्रेल (हि.स.)। एक महिनाको वनवासपछि विवेक तामाङ पुनः इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा फर्किएका छन्। उनले गत 5 मार्चमा कतिपय कारणवश पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य र साधारण सदस्यबाट पनि राजीनामा दिएका थिए।
उनको यस निर्णयपछि धेरैले विवेक तामाङ भारतीय गोर्खा प्रजान्त्रिक मोर्चामा जाने अड्कल काटेका थिए। तर, एक महिना चुपचाप बसेपछि उनी आज अचानक फेरि आईजेजीएफमा पुनः सामेल हुने निर्णय गरेका छन्। उनले यस घरि पहाडमा केवल आईजेजीएफ मात्र एउटा पार्टी रहेको बताए, जसले क्षेत्रवादको कुरा गर्छ। उनले क्षेत्र बाँचे, जाति बाँच्छ र जाति बाँचे मात्र हाम्रो मुद्दा बाच्छ भनी बताएl उनले परिवर्तनको सोचका साथ यसपाली खरसाङ विधानसभा सिटमा आईजेजीएफले वन्दना राईलाई उठाएकोमा खुशी व्यक्त गर्दै पूर्ण समर्थन रहेको बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक