खो-खो भारतको प्राचीन एवं पारम्परिक खेल: राज्यपाल
खो-खो भारतको प्राचीन एवं पारम्परिक खेल: राज्यपाल


गान्तोक, 07 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले प्रथम राज्यस्तरीय खो-खो प्रतियोगिताका विजेताहरूलाई प्रोत्साहित गर्दै सिक्किम खो-खो संघलाई सहयोग राशि प्रदान गरेका छन्।

प्रथम राज्यस्तरीय खो-खो प्रतियोगिता 2026 को सफल समापनपछि आज लोकभवनको सम्मेलन कक्षमा एक समारोह आयोजन गरियो। कार्यक्रममा राज्यपाल माथुरले प्रतियोगिता अन्तर्गत सबै वर्ग (सब-जुनियर र ओपन) का विजेता र उपविजेताहरूलाई बधाई दिॅंदै प्रोत्साहन स्वरूप सहयोग राशि प्रदान गरे। उनले खो-खो भारतको प्राचीन एवं पारम्परिक खेल रहेको उल्लेख गर्दै यस खेललाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताए। उनले भविष्यमा यस्ता आयोजनहरूलाई अझ धेरै प्रोत्साहित गरिने बताए।

कार्यक्रममा सिक्किम खो-खो संघका अध्यक्ष बीके रोकाले राज्यपालको पूर्ण समर्थन, सहयोग र निरन्तर प्रोत्साहनका कारण यो ऐतिहासिक आयोजन सफल भएको बताए। उनले राज्यपालप्रति हार्दिक आभार प्रकट गर्दै उनका मार्गदर्शनका लागि कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा सिक्किम खो-खो एसोसिएशनका संरक्षक अर्जुन घतानी, महासचिव सावित्री प्रधान साथै प्रशिक्षक, विजेता र उपविजेता खेलाडीहरू पनि उपस्थित थिए।

लोकभवनका अनुसार, तीन दिवसीय प्रथम राज्यस्तरीय खो-खो च्याम्पियनशिप 3 अप्रेलदेखि खेलगाउॅं, रेशिथाङमा शुरू भएर 5 अप्रेल, 2026 मा समाप्त भयो। प्रतियोगिताको उद्घाटन राज्यपाल ओमप्रकाश माथुरले गरेका थिए। प्रतियोगितामा राज्यका विभिन्न जिल्ला, विद्यालय र क्लबका खेलाडीहरूले भाग लिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande