
पश्चिम मेदिनीपुर, 07 अप्रेल (हि.स.)। नारायणगढ़ विधानसभा क्षेत्रमा माकपा प्रत्याशी तापस सिन्हाले विकासका ठूला-ठूला वाचाहरू गरेका छन्। चुनावी प्रचार समाप्त गरी गए सोमवार राती लगभग नौ बजे बेलदा पार्टी कार्यालमा आयोजित एक सम्वाददाता सम्मेलनमा उनले क्षेत्रमा व्याप्त पुराना समस्याहरूको समाधानसँगसँगै तृणमूल कंग्रेस र भाजपा दुवैलाई लक्षित गरे।
तापस सिन्हाले आधुनिक बुनियादी ढाँचा, शिक्षा एवं रोजगारलाई आफ्नो मुख्य मुद्दाको रूपमा उठाए। उनले बेलदा-केशियाड़ी मोड़ रेलवे गेटमा तत्काल फ्लाइओभर निर्माण गर्ने आवश्यकतामाथि बल दिए। उनको भनाइ छ, यातायातको समस्या समाधान गर्नु उनका प्रमुख लक्ष्यहरूमध्ये एक हो।
यसको साथै उनले नारायणगढ़ विधानसभा क्षेत्रमा महिला कलेज स्थापित गर्ने तथा प्रत्येक शैक्षणिक संस्थानमा विद्यार्थीहरूको लागि फ्री वाई-फाई सुविधा दिने वाचा पनि गरे। क्षेत्रका बेरोजगार युवाहरूको लागि स्थायी रोजगार सुनिश्चित गर्नु पनि उनको कार्यक्रमको महत्वपूर्ण भाग हो।
तापस सिन्हाले राज्यको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेस र केन्द्रको सत्ताधारी भाजपा दुवै भ्रष्टाचारमा डुबेको बताउँदै सर्वसाधारण जनताका मूलभूत आवश्कताहरूलाई पूरा गर्नमा दुवै सरकार विफल भएको आरोप लगाए। उनले भ्रष्टाचारको मामिलामा दुवै पार्टीमा अन्तर नभएको दाबी गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा