
पश्चिम मेदिनीपुर, 07 अप्रेल (हि.स.)। आगामी विधानसभा चुनाउपूर्व् तृणमूल कंग्रेसले आफ्नो चुनावी तयारीलाई तीव्रता दिएको छ। खड़गपुर र मेदिनीपुरमा आयोजित चुनावी सभाहरूमा राज्य युवा तृणमूल कंग्रेसकी सभानेत्री सायनी घोषले पार्टीका उम्मेद्वारहरूको पक्षमा प्रचार गरिन्।
खड़गपुरको खरिदा रोडमा आयोजित जनसभामा सायनी घोषले तृणमूल कंग्रेसका उम्मेद्वार प्रदीप सरकारको समर्थनमा जनतालाई सम्बोधन गरिन्। उनले बल दिएर भनिन्, मुख्यमन्त्री ममता ब्यनर्जीको नेतृत्वमा भएको विकासलाई कायम राख्नको लागि तृणमूल कंग्रेसलाई पुनः सत्तामा ल्याउन आवश्यक छ।
सायनी घोषले जनतासित तृणमूल कंग्रेसको प्रतीक “जोड़ी फूल”-मा भोट दिने अपील गरिन्। उनले स्थानीय समस्याहरूको समाधानको लागि खड़गपुरमै बस्ने नेताहरूको खाँचोमाथि बल दिँदै भनिन्, बुनियादी कामको लागि तपाईहरूलाई कलकत्तामा जगिंग गर्दै गरेको नेता चाहिन्छ कि खड़गपुरकै आफ्नो नेता?
साथै उनले भाजपालाई समस्या बताउँदै दिदीलाई समाधान बताइन्। सभामा उपस्थित कार्यकर्ता अनि समर्थकहरूलाई पनि सक्रिय रूपमा प्रचारमा भाग लिरहेको देखियो।
यसरी नै गए सोमवार राती मेदिनीपुर सदरमा प्राकृतिक आपदाको प्रतिकूल परिस्थितिमा पनि तृणमूल प्रत्याशी सुजय हाजराको चुनावी जनसभा आयोजना गरियो। यस अवसरमा सायनी घोषले भनिन्, तृणमूल कार्यकर्ताहरू आपदाको समयमा पनि जनताको साथमा उभिएका छन्। उनले कार्यकर्ताहरूसित आग्रह गरिन्, उनीहरूले विकासको यस श्रृङ्खलालाई प्रत्येक घरसम्म पुऱ्याउनमा योगदान दिउन्न अनि आगामी चुनाउमा पार्टीको प्रतीक “जोड़ी फूल”-मा भोट दिउन्। साथै उनले भाजपाको साम्प्रदायिक राजनीतिमाथि पनि प्रश्न उठाउँदै सबैलाई साथमा लिएर हिँड़्ने दललाई समर्थन दिने अपील गरिन्।
सूत्र अनुसार आठ अप्रेल (बुधवार)- को दिन नारायणगढ़ बजारमा तृणमूल उम्मेद्वार प्रतिभा रानी मायतीको समर्थनमा एक भव्य सभाको आयोजन गरिएको छ। यस सभामा सायनी घोष सहित पार्टी कार्यकर्ता अनि समर्थकहरू उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा