सिक्किम पछौटे वर्ग आयोगकी चेयरपर्सनले राज्यपालसॅंग शिष्टाचार भेट गरिन्
सिक्किम पछौटे वर्ग आयोगकी चेयरपर्सनले राज्यपालसॅंग शिष्टाचार भेट गरिन्


गान्तोक, 07 अप्रेल (हि.स.)। सिक्किम पछौटे वर्ग आयोगकी नवनियुक्त चेयरपर्सन कविता सापकोटाले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा आयोगकी सचिव ज्योत्सना मेरी कार्थक पनि उपस्थित थिइन्।

लोकभवनका अनुसार, राज्यपालले चेयरपर्सनसॅंग आयोगका कार्यहरूको बारेमा विस्तृत जानकारी लिए। राज्यपालले आयोगलाई नयॉं पहल गर्न तथा पछौटे वर्गहरूको सशक्तिकरणमा सार्थक योगदान दिन आह्वान गरे।

यस भेटका क्रममा चेयरपर्सन सापकोटाले आयोगको वार्षिक रिपोर्ट राज्यपाललाई पेश गरिन् भने आयोगका वर्तमान गतिविधिहरूको बारेमा जानकारी पनि दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande