मधुपुरमा जनसम्पर्क गर्न पुगेका अधिर चौधरीलााई भव्य स्वागत गरियो
मधुपुरमा जनसम्पर्क गर्न पुगेका अधिर चौधरीलााई भव्य स्वागत गरियो


मुर्शिदाबाद, 08 अप्रेल (हि.स.)। भोटको पारा चढ़्नसाथ आफ्नो परिचित शैलीमा कंग्रेस उम्मेद्वार अधीर रञ्जन चौधरी प्रचारमा उत्रेका छन्। बुधवार बिहान बहरमपुर शहरको मधुपुरा क्षेत्रमा उनले जनसम्पर्क गरे। बिहानदेखि नै विष्णुपुर कालीबाड़ी परिसरमा कंग्रेस कार्यकर्ता तथा समर्थकहरू भेला भए। त्यहीँबाट ढाक-ढोल तथा नाराहरूको गुञ्जयनबीच भव्य जुलूस शुरू गरियो।

मधुपुरका गल्ली तथा टोलहरूमा घुम्दै अधिरले आम जनतासित सोझै सम्पर्क गरे। राजनीतिको कड़ा संघर्षबीच पनि यस दिन उनलाई ‘घरकै छोरा’ जस्तै देखियो। सड़क किनारमा बसेका मानिसहरूसित हात मिलाए, बाल-बालिकाहरूको शिरमा हात राखेर आशीर्वाद दिए। घरहरूको झ्याल तथा बालकनीहरूबाट उनलाई एक झलक हेर्नका लागि हरेक उमेरका मानिसहरू जुटे।

प्रचारको एक प्रमुख आकर्षण महिलाहरूको एकनिष्ठ सहभागिता रह्यो। विभिन्न टोलहरूमा उनलाई फूल माला लगाएर स्वागत गरियो। केही मानिसहरूलाई भावुक भएर उनीसित बातचित गर्दै गरेको देखियो। यस अतिरिक्त कंग्रेस उम्मेद्वारलाई टलोका बुजुर्गहरूबाट आशीर्वाद लिँदै गरेको पनि देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande