
गान्तोक, 09 अप्रेल (हि.स.)। मल्ली पुलिसले विश्वसनीय सूचनाको आधारमा एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधको साथमा पक्राउ गरेको छ। मल्ली बजार निवासी आरोपी व्यक्तिलाई बुधवार मल्ली चेकपोस्टमा पक्राउ गरियो।
पुलिस रिपोर्टका अनुसार, मल्ली बजार निवासी एक व्यक्ति वाहनमा सिलगढ़ीबाट मल्ली आइरहेको र उनीसॅंग प्रतिबन्धित लागूऔषध रहेको सूचना प्राप्त भयो। सूचनाको आधारमा मल्ली चेकपोस्टमा वाहन रोकेर आरोपी व्यक्तिको खोजतलाश गरियो। यस क्रममा एउटा सिल्भर फोइलमा बेरेर राखिएको संदिग्ध 12.11 ग्राम ब्राउन शुगर भेटियो।
पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरी एनडीपीएस एक्ट, 1985 को धारा 21(बी),22(बी)/27 अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले जॉंच गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल