
खरसाङ, 09 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले आज टुङ सन्तमेरी समष्टि अन्तर्गत विभिन्न स्थानहरुमा आफ्नो चुनाउ प्रचार गरे। यस क्रममा उनले घरदैलो भ्रमण गर्दै स्थानीय जनतासँग भेटघाट गर्नुका साथै उनीहरूका समस्या, आवश्यकता तथा सुझाउहरू ध्यानपूर्वक सुने।
उनले जनतामा देखिएको उत्साह र समर्थनले यसपटक परिवर्तनको स्पष्ट संकेत दिएको दावी गरे। उनले विकास, पारदर्शिता र जनसेवाको प्रतिबद्धतासहित सबैसॅंग सहयोग र समर्थनको लागि अपील गरे।
हिन्दुस्थान समाचार / हनोक