
नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धू तथा मुख्यमन्त्री रेखा गुप्ताले बुधवार वासुदेव घाट र यमुना बजार घाटको दौड़ाह गरे।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी भनिन्, यस भ्रमणावधि घाटहरूको स्वच्छता, बुनियादी ढाँचा तथा भइरहेका पुनर्जीवन कार्यहरूको निरीक्षण गरी सबै कार्यहरू गुणस्तरीय तथा तोकिएको समय-सीमामैपूरा गर्ने निर्देश अधिकारीहरूलाई दिइयो।
मुख्यमन्त्रीले भनिन्, यमुनाको लेदो निकाल्ने काम मिशन मोडमा द्रूत गतिमा गरियोस् अनि मनसून अगावै सबै तयारी समयमै पूरा गरियोस्।
उनले भनिन्, यमुना हाम्रो आस्था तथा धरोहरको धारा हो। यसका तटहरूलाई स्वच्छ, सुरक्षित एवं व्यवस्थित बनाउनु हाम्रो प्राथमिकता हो। स्वच्छ यमुना बनाउने जुन संकल्प हामीले लिएका छौं, त्यसलाई पूर्ण प्रतिबद्धताको साथमा धरातलमा क्रियान्वयन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा