चुनाउ शान्ति अवधिमा नियमहरू पालन गर्ने निर्देश मीडियालाई दिइयो
चुनाउ शान्ति अवधिमा नियमहरू पालन गर्ने निर्देश मीडियालाई दिइयो


गुवाहाटी, 08 अप्रेल (हि.स.)। निर्वाचन अधिकारीहरूले सबै इलेक्ट्रनिक मीडिया संस्थानहरूलाई रिप्रेजेन्टेशन अफ द पीपल एक्ट- 1951 का प्रावधानहरू विशेष गरी धारा 126-को कड़ाईपूर्वक पालना सुनिश्चित गर्ने निर्देश जारी गरेका छन्। यो धाराले मतदान समाप्त हुनपूर्व 48 घण्टाको शान्ति अवधिमा चुनाउ सम्बन्धि सामग्री प्रसारण गर्नमाथि रोक लगाउँछ।

आधिकारिक पत्र अनुसार यस अवधिभरि कुनै पनि व्यक्ति वा मञ्चले चुनाउसित सम्बन्धित सार्वजनिक बैठक वा जुलूस आोजजना गर्ने, त्यसमा भाग लिने वा सम्बोधन गर्नेमाथि प्रतिबन्ध रहनेछ। यस अतिरिक्त टेलीभिजन, सिनेमेटोग्राफी वा अन्य माध्यमहरूबाट चुनावी सामग्रीको प्रसारण वा प्रदर्शन पनि पूर्ण रूपले निषिद्ध रहनेछ।

निर्देशमा यो पनि स्पष्ट पारिएको छ, मतदाताहरूलाई प्रभावित पार्ने उद्देश्यले कुनै पनि प्रकारको मनोरञ्ज कार्यक्रम जस्तै- संगीत समारोह, नाट्य प्रदर्शन वा अन्य सार्वजनिक आयोजनको माध्यमबाट चुनावी प्रचार-प्रसार गर्नु पनि शान्ति अवधिमा प्रतिबन्ध रहनेछ।

कानूनी प्रावधानहरू अनुसार धारा 126- को उल्लंघन गर्ने दोषी व्यक्तिलाई दुई वर्षसम्म कारावास, जरीमाना वा दुवैद्वारा दण्डित गरिनसक्छ। “चुनाउ सम्बन्धि सामग्री”-बाट आशय यस्तो कुनै पनि सामग्रीसित छ जसले चुनाउ परिणामलाई प्रभावित पार्ने वा त्यसमाथि प्रभाव पार्ने उद्देश्यले तयार गरिएको छ।

अधिकारीहरूले मीडिया संस्थानहरूलाई होशियार गराएका छन्, शान्ति अवधि कुनै पनि समाचार, विश्लेषण, प्यानल चर्चा, विज्ञापन वा अन्य प्रसारण जसले मतदाताहरूलाई प्रभावित पार्नसक्छ,-लाई प्रसारण नगरियोस्। स्वतन्त्र एवं निष्पक्ष चुनाउ सुनिश्चित गर्नको लागि यी निर्देशहरूलाई कड़ाई पूर्वक पालन गर्न भनिएको छ।

यो निर्देश पूर्वमा जारी आदेशहरूको पुनरावृत्ति हो र कुनै पनि उल्लंघनको सिकायत प्राप्त भए आवश्यक कानूनी कारबाही गर्ने चेताउनी पनि दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande