नैहाटीको जुट मिलमा आलगाली, कड़ोरौंको नोक्सान भएको आशंका
नैहाटीको जुट मिलमा आलगाली, कड़ोरौंको नोक्सान भएको आशंका


नैहाटी, 08 अप्रेल (हि.स.)। नैहाटीस्थित नदिया जुट मिलमा बुधवार बिहान लगभग 11 बजे भयानक आगो लागेको घटना प्रकाशमा आएको छ। हेर्दा-हेर्दै आगो जुट गोदामको व्यापक क्षेत्रमा फैलियो जसबाट स्थिति चाँड़ै नै अनियन्त्रित भयो।

सूचना पाउनसाथ दमकलका पाँच वटा वाहनहरूले घटनास्थलमा पुगेर बचाउ कार्यमा जुटे। तथापि आगोको तीव्रता अधिक भएको लामो समयसम्म प्रयास गरे पनि पूर्ण रूपमा आगोलाई नियन्त्रण गर्न सकिएन। ज्वलनशील पदार्थहरूको अधिकताको कारणले दमकल कर्मीहरूलाई आगो निभाउनमा धेरै कठिनाईहरूको सामना गर्न परिरहेको छ।

प्रारम्भिक अनुमानमा यस अग्निकाण्डमा कड़ोरौं रुपियाँको नोक्सान भएको आशंका छ तथापि अहिलेसम्म कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।

घटना बारे जानकारी पाउनसाथ नैहाटी नगरपालिकाका चेयरम्यान अशोक चट्टोपाध्याय र तृणमूल कंग्रेसका स्थानीय उम्मेद्वार सनत दे घटनास्थलमा पुगे। उनीहरूले दमकल अधिकारीहरूबाट स्थितिको जायजा लिए अनि आगोलाई चाँड़ै नियन्त्रण गर्ने निर्देश दिए।

आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छन। दमकल विभागानुसार स्थिति पूर्ण रूपले नियन्त्रणमा आएपछि घटनाको जाँच गरी यसको कारण पत्तो लगाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande