कोलकाता पोर्ट सीटबाट भाजपा उम्मेदवारको चयनमाथि उठ्यो प्रश्न, राकेश सिंहलाई बनाइयो प्रत्याशी
कोलकाता पोर्ट सीटबाट भाजपा उम्मेदवारको चयनमाथि उठ्यो प्रश्न, राकेश सिंहलाई बनाइयो प्रत्याशी


कोलकाता, 8 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि भारतीय जनता पार्टी (भाजपा)-ले कोलकाता पोर्ट विधानसभा सीटबाट राकेश सिंहलाई उम्मेद्वार घोषित गरेको छ। तथापि उनको नाम घोषणा हुनसाथ राजनीतिक गल्लीहरूमा यस फसेलालाई लिएर प्रश्न उठ्न थालेको छ।

भनिन्छ, बंगाल भाजपा नेतृत्वले यसपालि राकेश सिंहलाई तृणमूल कंग्रेसका वरिष्ठ नेता तथा कोलकाताका मेयर फिरहाद हकिमविरूद्ध मैदानमा उतार्नसक्ने अड़कल लगाइँदैथ्यो। तर अब आधिकारिक घोषणापछि यी अड़कलहरूमाथि मोहर लागेको छ।

उम्मेद्वार घोषणा हुनसाथ राकेश सिंहले चुनाउ प्रचार पनि शुरू गरेका छन्। बुधवार बिहानदेखि नै उनले क्षेत्रका विभिन्न वार्डहरूमा घर-दैलोमा पुगी जनसम्पर्क अभियान संचालन गरे। यस अतिरिक्त ुनले कोलकाता पोर्ट क्षेत्रको एउटा मन्दिरमा पूजा-अर्चना पनि गरे।

स्मरण गराइन्छ, अगस्त, 2025- मा राकेश सिंहमाथि मौलालीस्थित प्रदेश कंग्रेस मुख्यालय बिधान भवनमा तोड़फोड़ गरेको तथा कंग्रेस नेता राहुल गान्धीको पोस्टरमाथि स्याही फालेको आरोप लागेको थियो। यो हमला बिहारमा आयोजित एक चुनावी ऱ्याली अवधि राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको परिवारमाथि गरेको कथित टिप्पणीको विरोधमा गरिएको थियो। घटनापछि राकेश सिंह भागेका थिए। पुलिसले उनीविरूद्ध आर्म्स एक्ट सहित केही धाराहरूमा मामिला दर्ता गरी जाँच शुरू गरेको थियो। जाँचको आधारमा पुलिसले उनलाई तांगड़ा क्षेत्रबाट पक्राउ गरेको थियो। यस मामिलामा उनका केही समर्थकहरूलाई पनि पक्राउ गरिएको थियो।

उनका छोरा शिवम सिंहलाई पनि पुलिसले हिरासतमा लिएको थियो जसलाई पछि जमानतमा रिहा गरियो।

अब उनलाई भाजपाको उम्मेद्वार बनाइएपछि राजनीतिक जगतमा यो प्रश्न उठिरहेको छ कि केही आपराधिक मामिलाहरूको सामना गरिरहेको व्यक्तिलाई पार्टीले टिकट किन दियो?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande