अमेरिका-इरान युद्धविरामको घोषणापछि कश्मीरभरि उत्सवको माहोल
अमेरिका-इरान युद्धविरामको घोषणापछि कश्मीरभरि उत्सवको माहोल


श्रीनगर, 08 अप्रेल (हि.स.)। अमेरिका-इरान युद्धविरामको घोषणा भएपछि कश्मीरका विभिन्न स्थानहरूमा उत्सव मनाइयो। मानिसहरूले यसलाई इस्लामिक गणराज्यको लागि जीत बताए। विशेष गरी उपत्याकाको शिया बहुल क्षेत्रमा सयकड़ौं मानिसहरू संघर्षविरामको उत्सव मनाउनको लागि सड़कहरूमा भेला भए।

शहरका सैदाकदल र जदिबल क्षेत्र लगायत उपत्याकाका बडगाम, बारामूला, गाँदरबल, पुलवामा र बांदीपोरा जिल्लामा उत्सव मनाइयो। इरानी झण्डा फहराउँदै मानिसहरूले युद्धविरामको घोषणाप्रति हर्ष व्यक्त गरे। यस अवधि पटाका पनि पड़्काइयो। उनीहरूले उत्सवको भागको रूपमा कश्मीरी केहवा पनि वितरण गरे। मानिसहरूले युद्धविरामलाई अमेरिका अनि इजरायलमाथि इरानको जीत बताए।

यसपूर्व इरानप्रति ऐक्यवद्धता दर्शाउनको लागि कश्मीरमा व्यापक रूपमा धन संग्रह गरिएको थियो। उपत्याकाका मानिसहरूले इरानका मानिसहरूलाई सहयोग गर्नको लागि धन सहित अन्य मूल्यवान वस्तुहरू पनि दान दिए। कश्मीर र इरानबीच गहिरो सांस्कृतिक, भाषागत तथा धार्मिक सम्बन्ध रहिआएको छ। कश्मीरलाई प्रायजसो नै 'इरान-ए-सग़ीर' (सानो इरान) कहलाइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande