
नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाका 94 वर्षीय पिता श्याम लाल सचदेवाको गए मंगलवार एम्स अस्पतालमा उपचारको क्रममा निधन भयो। बुधवार बिहान उनको अन्तिम संस्कार निगमबोध घाटमा पूर्ण राजकीय एवं सामाजिक सम्मानको साथमा गरियो।
अन्तिम संस्कार उनका पाँचैजना पुत्रहरूले गरे। यस अवसरमा दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धू, मुख्यमन्त्री रेखा गुप्ता, केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्रा, विधानसभा अध्यक्ष विजेन्द्र गुप्ता, दिल्ली सरकारमा मन्त्री मनजिन्दर सिंह सिरसा एवं रविन्द्र इन्द्राज, महापौर राजा इकबाल सिंह सहित केही वरिष्ठ नेता, सांसद, विधायक, पार्षद तथा हजारौं कार्यकर्ताहरू उपस्थित थिए।
श्रद्धाञ्जली दिनेहरूमा सांसद मनोज तिवारी, रामवीर सिंह बिधूड़ी, कमलजित सहरावत, बाँसुरी स्वराज, वरिष्ठ भाजपा नेता विजय गोयल, रमेश बिधूड़ी, विनय सहस्रबुद्धे समेत अनेकौं मानिसहरू सामेल थिए। यसको साथै आरएसएस, विश्व हिन्दू परिषद समेत विभिन्न सामाजिक संगठनहरूका प्रतिनिधिगण, दिल्ली पुलिस तथा प्रशासनका अधिकारीहरूले पनि पुष्प अर्पित गरी श्रद्धाञ्जली दिए।
यस अवधि मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, श्याम लाल सचदेवाले कठिन परिस्थितिमा सादगी एवं परिश्रमले आफ्नो परिवारको भरन-पोषण गरे अनि समाज सेवाको संस्कार दिए। ती मूल्यहरूकै परिणामस्वरूप उनका पुत्र वीरेन्द्र सचदेवाले आज देशको सबैभन्दा ठूलो पार्टीका प्रदेश अध्यक्षको रूपमा सेवा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा