निर्दलीय उम्मेदवार सुमेन्द्र तामाङले सोनादा क्षेत्रमा चुनाउ प्रचार गरे
निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङद्वारा सोनादा क्षेत्रमा चुनाव प्रचार


सोनादा, 08 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका लागि स्वतन्त्र उम्मेदवार शुमेन्द्र तामाङले आज सोनादामा चुनावी भ्रमण गरे। उनले आफ्नो चुनाउ प्रचारका क्रममा सोनादा क्षेत्रका स्थानीय मानिसहरुलाई भेट्दै भोटको लागि अपील गरे।

निर्दलीय उम्मेदवार तामाङको पक्षमा पोस्टरिङ गरिनुका साथै स्ट्रिट कर्नर गरेर चुनाउ प्रचार गरे। उनले सोनादा बजार हुँदै छेउछाउका चियाबारी क्षेत्रहरुमा पनि चुनाउ प्रचार गरे।

तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीले लामो समयसम्म यहाँ सांसद र विधायक निर्वाचित भएर गए पनि केही नगरेको आरोप लगाए। अर्कोतिर, तृणमूल कांग्रेसले पनि केही नगरेको साथै पहाडमा भाजपा र तृणमूलको गठबन्धन दलकहरुले मात्र चुनाउ लडिरहेकाले आफु श्रमजीवी पहलको पक्षबाट निर्दलीय उम्मेदवारको रूपमा खडा भएको बताए।

उनले भने, हामी युवाहरु पनि अबको समयमा परिवर्तनको लागि अघि आएर काम गर्नुपर्छ। परिवर्तन भन्नाले सत्ताको परिवर्तन मात्र नभई सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र वैचारिक परिवर्तन हो। उनले युवाहरु वैचारिक रुपमा अघि आएर जनताको आवाज बन्न आह्वान पनि गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande