भारतीय सेनाले उत्तर सिक्किमको लाचेनमा फसेका पर्यटकहरूको उद्धारका लागि ‘अपरेसन हिम सेतु’ सञ्चालन गर्यो
लाचेनबाट पर्यटकहरूको निकासी शुरु


लाचेनबाट पर्यटकहरूको निकासी शुरु


गान्तोक, 09 अप्रेल (हि.स.)। भारतीय सेनाको त्रिशक्ति कोरले उत्तर सिक्किमको लाचेनमा फसेका पर्यटकहरूको उद्धारका लागि ‘अपरेसन हिम सेतु’ सञ्चालन गरेको छ। उत्तर सिक्किमको लाचेन र चुङथाङबीचको सड़क सम्पर्क पैह्रोका कारण अवरुद्ध भएको छ, जसले उक्त क्षेत्रमा आवत-जावतमा प्रभावित भएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै भारतीय सेनाको पूर्वी कमाण्डअन्तर्गत त्रिशक्ति कोरले द्रुत प्रतिक्रिया जनाउँदै ‘अपरेसन हिम सेतु’ सञ्चालन गरेको छ, जसको उद्देश्य पहुँच पुनःस्थापना गर्नु र फसेका पर्यटकहरूको उद्धार गर्नु रहेको छ। खराब मौसम र भारी हिमपातका बावजुद पनि सैनिकहरूले महत्वपूर्ण मार्गहरू खुल्ला गरेका छन् र उद्धार सम्भव बनाउन वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याएको बिहिबार पीआरओ सेनाले प्रेस बयानमा बताएको छन्।

सीमा सडक संगठन (बीआरओ) ले त्रिशक्ति कोरका सैनिकहरूसँग समन्वय गर्दै निरन्तर रूपमा सड़क सफा गर्ने, हिउँ हटाउने तथा कठिन मौसम र भू-भागका बीच सड़क सम्पर्क पुनःस्थापना गर्ने कार्य गरिरहेको छ। उद्धार कार्य चरणबद्ध रूपमा भइरहेको छ। हालसम्म १३५ जना पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने ३२ वटा हल्का सवारी साधन र १० वटा मोटरसाइकल पनि निकालिएको छ।

कठिन र हिउँले ढाकिएका उकालो मार्गहरूमा नागरिक सवारी साधन तान्न सेनाका गाडीहरूको प्रयोग गरिएको छ। स्वास्थ्य आपतकालीन अवस्थाका साथै सहयोग आवश्यक परेका नागरिकहरूलाई प्राथमिकताका साथ उद्धार गरिएको छ। भारतीय सेना नागरिक प्रशासनसँग समन्वय गर्दै स्थलमै सहयोग, स्वास्थ्य सेवा तथा परिस्थितिअनुसार सुरक्षित स्थानतर्फ सार्ने कार्यमा सक्रिय रहेको प्रेस बयानमा जनाइएको छ।हाल लगभग १,००० जना पर्यटक लाचेनमा रहेका छन् र उनीहरूको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाइएको छ।

एक सेना अधिकारीले भने, “हाम्रो पहिलो प्राथमिकता प्रत्येक नागरिकको सुरक्षा र कल्याण हो। हाम्रो टोली स्थलमै आवश्यक सबै सहयोग प्रदान गर्न प्रतिबद्ध छ।”

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande