
गुवाहाटी, 09 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गए बुधवार अबेर राती सोशल मीडियाको माध्यमबाट कंग्रेसमाथि चर्को प्रहार गरे। उनले आरोप लगाए, कंग्रेस नेताले आफ्नै कृत्यले गर्दा पवन खेड़ालाई जेल तर्फ धकेलिरहेको छ।
मुख्यमन्त्री सरमाले आफ्नो पोस्टमा भने, कंग्रेस नेताहरूको हतासा बढ़ेर यहाँसम्म पुगेको छ कि उनीहरूले पूर्ण रूपमा मनगढ़न्ते दस्तावेज जारी गरिरहेका छन् जसलाई उनको टीमले पहिला नै उजागार गरिसकेको छ। उनले भने, यो अब राजनीति रहेन, यो एउटा खुल्ला धोका हो।
सरमाले अझ भने, कंग्रेसको सम्पूर्ण तन्त्रले आफ्नो जिम्मेवारीको भावना गुमाइसकेको छ र जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको छ। उनले विश्वास व्यक्त गरे, केही घण्टाभित्रै असमका जनताले यस धोकाको जवाफ दिनेछन्। कंग्रेस नेतृत्वले यसको मूल्य चुकाउनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा